
अमेरिकामा आप्रवासीको चाप रोक्ने संकल्प यसअघि नै लिइसकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक एल साल्भाडोरमा बसोबास गर्दै आइरहेका दुई लाख अफ्रिकी नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् ।
अमेरिकाको एल साल्भाडोर राज्यमा अफ्रिकी आप्रवासी दुई लाखको हाराहारीमा छन् । उनीहरुलाई अमेरिकामा बस्न र काम गर्न दिइएको अनुमति रद्द गर्ने तयारीमा ट्रम्प प्रशासन जुटेको हो ।
सन् २००१ मा लगातार आएको भूकम्पपछि अमेरिका प्रवेश गरेका उनीहरुलाई मानवतावादी कार्यक्रम ‘टेम्प्रोरी प्रोटेक्टेड स्टेटस’ (टीपीएस) दिइएको थियो । उनीहरुलाई सन् २०१९ सम्ममा स्वदेश फर्कन समयसीमा तोकिएको छ । सो अवधिभित्र नफर्किएमा गिरफ्तार गरी कानुनअनुसार कारवाही हुने जनाइएको छ ।
ट्रम्प प्रशासनले यसअघि निकारागुवा र हाइटीका हजारौं आप्रवासीको टीपीएस सुरक्षा फिर्ता लिएको थियो ।
के हो टीपीएस ?
सन् १९९० मा सुरु गरिएको यो कार्यक्रमअन्तर्गत विभिन्न मुलुकका आप्रवासीलाई कानुनी रुपमा अमेरिकामा बस्न र काम गर्ने अधिकार दिइन्छ । कानुनी रुपमा वा गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने सबैलाई यो कार्यक्रम अन्तर्गत सम्बोधन गरिन्छ ।
यस्तो अधिकार सशस्त्र संघर्ष, प्राकृतिक विपत् वा महामारीबाट प्रभावित मुलुकका नागरिकले मात्र प्राप्त गर्दछन् । अमेरिकाको एल साल्भाडोर राज्यमा दुई लाख नागरिक छन्, जो टीपीएस पाउने सबैभन्दा ठूलो समूह हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्