दुर्घटनाग्रस्त तेल बोकेको पानीजहाज ‘अझै जल्दै’, विस्फोटको खतरा • Image Khabar Image Khabar


दुर्घटनाग्रस्त तेल बोकेको पानीजहाज ‘अझै जल्दै’, विस्फोटको खतरा


Imagekhabar
२५ पुष २०७४, मंगलवार १७:१३

दुर्घटनाग्रस्त तेल बोकेको पानीजहाज ‘अझै जल्दै’, विस्फोटको खतरा

तेल बोकेको पानीजहाज अझै जलिरहेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । सान्ची नामक उक्त पानीजहाजले १० लाख व्यारल तेलको कच्चापदार्थ विषालु तथा विस्फोटक हुने ‘कन्डेन्सेट’ बोकेको थियो ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले पानीजहाज विस्फोट हुने र डुब्ने खतरा रहेको जनाएको छ ।

उक्त तेल बोकेको जाहाजबाट हराइरहेका ३० जना इरानी र दुई बंगलादेशी चालक दलका सदस्य मध्ये एक जनाको शव भने फेला परेको अधिकारीहरुले बताएका छन् । त्यस्तै मालबाहक पानीजहाजबाट २१ जना चिनियाँ चालक दलका सदस्यको उद्धार गरिएको छ ।

ट्यांकरबाट लगातार इन्धन चुहिरहेपछि वातावरणीय विध्वंसको त्रास बढेको बताइन्छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्