२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश राजधानी माग्दै क्षेत्रीय प्रशासन कार्यालयअगाडि धर्ना


0
Shares

संघर्ष समितिको अगुवाइमा क्षेत्रीय प्रशासन कार्यालय राजपुरको गेटमा धर्ना दिइएको हो ।

प्रदेश राजधानी माग्दै रचनात्मक दबाब कार्यक्रमबाट सुरु भएको आन्दोलन पुस १८ गतेदेखि हडतालमा परिणत भएको थियो ।

त्यसबाट जनजीवन अत्यन्तै कस्टकर बन्दै गएपछि आन्दोलनको स्वरुप फेरेर धर्ना दिएको संघर्ष समितिका संयोजक एवं डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताए । हडताल सोमबार स्थगित गरिएको थियो ।

डोटीमा राजधानीको माग गर्दै विगत १४ दिनदेखि निरन्तर आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् ।