Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


रास्वपाका सांसद पौडेलमाथि कालो मसी प्रहार हुनु लोकतान्त्रिक संस्कृति विपरीत: सभापति थापा


117
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाका प्रतिनिधिसभाका सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गर्नुभएकाे छ।

सभापति थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे निन्दा गर्नुभएकाे हाे । लोकतन्त्रमा विचार फरक हुनसक्ने र असहमति पनि स्वाभाविक हुने उल्लेख गर्नुभयाे। कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उहाँकाे भनाइ छ।

सभापति थाापाले सांसद पौडेलमाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गर्नुभयाे । उहाँले असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ।

Skip This