
पाकिस्तानको जिन्नाह स्टेडियमा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल पाकिस्तानसँग टी–२० र एक दिवसीयमा पराजित हुँदै आएको छ ।
पाकिस्तानले सोमबार लाहोरमा भएको पहिलो खेलमा बंगलदेशमाथि ९ विकेटकै जित निकालेको थियो ।
मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई २५९ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङमा उत्रेको पाकिस्तानले १९ दशमलव १ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
पाकिस्तानको लागि बदानर मुनिरले शतक प्रहार गरे । उनले ५९ बल खेलेर १२६ रन जोडे । त्यस्तै, महसिन खान ७४ तथा आमिर अस्फाक ४६ रनमा अविजित रहे ।
नेपालले निर्धारित् ४० ओभरमा ५ विकेट गुमाएर २५८ रनको योगफल बनाएको थियो । नेपालका लागि रमेशबहादुर बानियाले सर्वाधिक ५९ रनको योगदान दिए ।
यस्तै, पदक बडैलाले ५०, बद्री चौलागाइँले ४९, खिमानन्द गैरेले ३० तथा भरत थापाले ११ रनको योगदान दिए ।
नेपालले आफ्नो दोस्रो खेल बुधबार बंगलादेश खेल्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्