२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सर्जीयो अगुएरोको निर्णायक गोलले म्यान्चेस्टर सिटी विजयी


0
Shares

गएराति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीले ब्रिस्टोल सिटीलाई २÷१ ले हराएको हो ।

सिटीलाई विजयी गराउन अर्जेन्टाईनी स्ट्राईकर सर्जीयो अगुएरोले ईन्जुरी समयमा निर्णायक गोल गरेका थिए ।

यसअघि खेलको ४४ औं मिनेटमा ब्रिस्टोलका बबी रिडले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा केभिन डे ब्रायनले गोल गरेपछि म्यान सिटी खेलमा फर्किएको थियो ।

म्यानचेस्टर सिटी र ब्रिस्टोल सिटीबीच लिग कप फुटबलको सेमिफाइनल दोस्रो लेगको खेल यही जनवरी २३ तारिखमा ब्रिस्टोल सिटीको मैदान एस्टन गेटमा हुनेछ ।

लिग कप फुटबल सेमिफाइनलको अर्को खेलमा आज राति चेल्सी र आर्सनल भिड्नेछन् ।