मध्यरातमा बञ्चरो प्रहार गरी सौताको हत्या • Image Khabar Image Khabar


मध्यरातमा बञ्चरो प्रहार गरी सौताको हत्या


Imagekhabar
२६ पुष २०७४, बुधबार १२:०३

मध्यरातमा बञ्चरो प्रहार गरी सौताको हत्या

सल्यानको दार्मा गाउँपालिका–३ मा गएराति बन्चरो प्रहारबाट स्थानीय कमल केसीकी जेठी श्रीमती रुपाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कमलकी कान्छी श्रीमती कल्पना चन्दले प्रहार गरेको बन्चरोले लागेर रुपाको मृत्यु भएको हो ।

गएराति १ बजे बन्चरोले लागेर गम्भीर घाइते भएकी रुपाको उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा बिहान साढे ९ बजे मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्