सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा • Image Khabar Image Khabar


सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा


Imagekhabar
२६ पुष २०७४, बुधबार १८:२१

सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा

बुधबार क्षेत्रीय रंगशालामा भएको क्वार्टरफाइनल खेलमा संकटा क्लबलाई २–० ले हराउँदै सशस्त्रले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

सशस्त्रको जितमा दुवै गोल बिष्टले गरे । उनले खेलको २३औं मिनेटमा हेडमार्फत् एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । ८५औं मिनेटमा उनले नै अर्को एक गोल थपे । बिष्ट नै खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

पहिलो हाफमा सशस्त्र संकटामाथि पूर्णरुपमा हावी भएको थियो । दोस्रो हाफमा आक्रामक बनेको संकटाले केही अवसर पाएपनि गोल गर्न चुक्यो ।

खेलपछि संकटाका प्रशिक्षक सल्यान खड्कीले पहिलो हाफमै गोल खाएका कारण आफ्नो टिम दबाबमा परेर खेलमा राम्रो गर्न नसकेको प्रतिक्रिया दिए ।

पहिलो खेलमा आफ्नो टिमले राम्रो गर्न नसके पनि क्वार्टरफाइनलमा सुधार भएको सशस्त्रका प्रशिक्षक रत्नकाजी महर्जनले बताए ।

प्रतियोगिताअन्तर्गत् बिहीवार त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका मिडिया संयोजक ओमबिक्रम चन्दले जनाकारी दिए ।

सशस्त्र खप्तड गोल्डकपको सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस्