
कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहर भइ फरार रहेका शिवपुरी गाउँपालिका–८ का लालबहादुर तामाङ, कामी तामाङ र काले तामाङलाई पक्राउ गरी बुधबार नुवाकोट जिल्ला अदालतमा बुझाइएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा नुवाकोट अदालतबाट २०४१ साल असार ६ गते उनीहरुमाथि कैदको फैसला भएको थियो ।
अदालतले लालबहादुरलाई १८ महिना तथा कामी र काले तामाङलाई ६÷६ महिना कैदको सजाय तोकेको थियो ।
अदालतले तीनैजनालाई बुधबारै कैद भुक्तानका लागि नुवाकोट जिल्ला कारागार चलान गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्