२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रोल्पामा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु


0
Shares

बेलुकी पौने ९ बजे रोल्पाको माडी खोलबाट बालुवा लिएर जङकोटतर्फ जाँदै गरेको ना५त ६६८१ नम्बरको ट्याक्टर नियन्त्रण गुमाएर तामामा दुर्घटना भएको हो ।

ट्याक्टर सडकबाट करिब ४ मीटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टरमा सवार रोल्पा नगरपालिका–९ का १२ वर्षीय सिजन बुढाको उपचार क्रममा गएराति १० बजे जिल्ला अस्पताल रोल्पामा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सोहीठाउँकी ५० वषीया अमृता बुढाको भने सोही अस्पताल उपचार भइरहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।