Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


पुर्खाहरुले लडेर नेपाललाई बचाए : ओली


0
Shares

उनले जनताको मतको कदर गर्दै आफूहरुले अब देशलाई अगाडि बढाउने र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न प्रतिबद्ध हुने उल्लेख गरेका छन् ।

राष्ट्रिय एकता दिवसको अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले नेपाली जनताले स्थिरता र विकासका लागि वाम गठबन्धनलाई जिताएको जनाएका हुन् ।

‘विभिन्न टुक्रामा विभाजित भूगोललाई एकीकरण गरेर नेपालको स्वरुपमा बदल्ने योगदान तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रो पिता–पुर्खाहरुले गरेको’ स्मरण गर्दै उनले त्यसकै कारण ‘आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौं’–भनेका छन् ।

इतिहासको यस संरचनालाई बेलाबखतमा विभिन्न तत्वहरुले विखन्डन गर्न खोजेपनि नेपालीहरुले त्यस्ता प्रयासलाई परास्त गरेर अखन्ड नेपालकोरुपमा कायम राखेको ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

‘हाम्रो पुर्खाहरुले लडेर नेपाललाई बचाएका हुन् । हामीले लड्नु पर्दैन, केवल अडेमात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्नसक्छ–सन्देशमा उनले भनेका छन्–‘नेपाललाई विभिन्न नाममा विखन्डन गर्न खोज्ने तत्वहरु अब कमजोर भइसकेका छन् ।’

शुभकामना सन्देशमा उनले देश निर्माणको महाअभियानमा एक भएर लाग्न पनि सबैलाई आग्रह गरेका छन् ।