
२९६औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको सालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन् ।
यसैगरी, उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, नेपाली कांग्रेसका नेता डा. रामशरण महतसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्चपदस्थ कर्मचारीहरुले शाहको सालिकमा माल्यार्पण गरेका थिए ।
यसैगरी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा शुभेच्छुकले शाहको सालिकमा माल्यार्पण गरेका थिए ।
सो अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामीगारद अर्पण गरेको थियो ।
वि.सं. २०६३ देखि पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि यो वर्षदेखि सार्वजनिक बिदा दिन सुरु गरेपछि उक्त दिवस भव्यताका साथ मनाउन थालिएको हो । रासस
प्रतिक्रिया दिनुहोस्