गणतान्त्रिक नेपालमा पृथ्वी जयन्तीमा देखियो ‘तामझाम’(हेर्नुहोस भिडियो) • Image Khabar Image Khabar


गणतान्त्रिक नेपालमा पृथ्वी जयन्तीमा देखियो ‘तामझाम’(हेर्नुहोस भिडियो)


Imagekhabar
२७ पुष २०७४, बिहीबार १५:२९

गणतान्त्रिक नेपालमा पृथ्वी जयन्तीमा देखियो ‘तामझाम’(हेर्नुहोस भिडियो)

विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरेको थियो । तर यो वर्षदेखि सार्वजनिक बिदा नै दिन सरु गरेर पृथ्वी जयन्ती मनाइएको हो ।

देश तथा विदेशमा स्वतस्फूर्त रुपमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ ।

सरकारका तर्फबाट सिंहदरबारको मूल ढोकास्थित पृथ्वीनारायण शाहको शालिकमा औपचारिक कार्यक्रम गरि जन्मजयन्ती मनाइयो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा नै उपस्थित भई एकीकरणका नायकप्रति माल्यार्पण गरे ।

उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्री लगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरे ।

त्यसअघि विभिन्न स्थानबाट निस्केको र्‍यालीसहितको टोली शालिक भएको स्थानमा पुगेको थियो ।

राप्रपाले नेपाल पुलिस क्लबमा भब्य चियापानको आयोजना गर्‍यो ।

(हेर्नुहोस भिडियो)

प्रतिक्रिया दिनुहोस्