Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


अफगानिस्तानमा चारजना कमान्डरसहित २३ विद्रोही मारिए


13
Shares

भिडन्तका क्रममा सुरक्षाकर्मीहरुले अन्य १४ जनालाई पक्राउसमेत गरेको प्रान्तीय सरकारले बिहीबार जानकारी दिएको छ ।

तालीवान लडाकूहरूको अखडा मानिने सुर्दोङमा बुधबार राती सुरक्षाकर्मीहरूले विषेश सुरक्षा कारबाही चलाएका थिए, त्यस क्रममा २३ जना लडाकूहरु मारिएका छन् भने १४ जनामा पक्राउ परेका छन्, प्रान्तीय सरकारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मरिएका मध्ये क्वारी इदयतुल्लाह, खालिद, क्वारी खालिद र इस्माइल गरी चारजना विभागीय कमान्डर समेत रहेका छन् ।

सुरक्षाकर्मीहरुले तीनओटा ठुला सवारी साधन, चारओटा मोटरसाइकल, केही विस्फोटक पदार्थ र हातहतियारहरु समेत नियन्त्रणमा लिएको छ । (रासस/सिन्ह्वा)