Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


भारतमा प्रधानन्यायाधीशको विरोध गर्दै चार वरिष्ठतम् न्यायाधीशले गरे पत्रकार सम्मेलन


0
Shares

शुक्रबार राजधानी नयाँदिल्लीमा सर्वाेच्चका वरिष्ठतम् चार न्यायाधीशले प्रधानन्यायाधीशको काम–कारबाहीबारे असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरेका हुन् ।

भारतीय न्याय इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चकै न्यायाधीशले यसरी सार्वजनिकरूपमा पत्रकार समेलन गरेका हुन् ।

पत्रकार सम्मेलन गर्नेहरूमा न्यायाधीश जे चलामेशेरम, रन्जन गोगोई, मदन लोकुर र कुरियन जोसेफ छन् ।

पत्रकार सम्मेलनमा उनीहरुले प्रधानन्यायाधीश दीपक मिश्रमाथि महाअभियोग लगाउने/नलगाउने निर्णय गर्ने बेला आएको बताए ।

त्यहाँको सर्वोच्चका दोस्रो नम्बरका न्यायाधीश जे चेलमेश्वरले ‘यो संस्थालाई नबचाए यो देशमा वा कुनैपनि देशमा लोकतन्त्र जीवित नरहने’ भन्दै ‘स्वतन्त्र एवं निष्पक्ष न्यायालय राम्रो लोकतन्त्रको निशानी’ भन्ने निचोडमा पुुगेर यो कदम उठाएको बताए ।

सर्वोच्च प्रशासन ठीक तरिकाले नचलेको र ठीक बनाउन अनेक कोसिस गर्दा पनि सम्भव नभएको भन्दै उनले पटक–पटक प्रधानन्यायाधीशलाई भेट्दा पनि कुनै उपाय नलागेपछि सार्वजनिकरुपमा आउनुपरेको बताए ।

‘भोलि हामीलाई आफ्नो आत्मा बेचेको आरोप नलागोस् भनेर यस्तो गर्नुपरेको’ उनको भनाइ थियो ।

वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बनेका दीपक मिश्र १३ महिनाको कार्यकाल पूरा गरेर २ अक्टोबर २०१८ मा अवकाश पाउँदैछन् । (एजेन्सी)

Skip This