
भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रबार ३१ ओटा भूउपग्रहसहितको पीएस्एल्वी–सी ४० नाम गरेको उक्त रकेट आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटाबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरेको हो ।
‘बीबीसी‘का अनुसार गतवर्षको असफल प्रयासपछि भारतले पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ । नक्सांकन र चित्रांकन गर्ने अन्तरिक्षयानसहितको उक्त रकेटमा अन्य ६ देशका भूउपग्रहहरू पनि छन् ।
विशेषगरी पृथ्वीको अवलोकन गर्न अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, दक्षिण कोरिया र फिनल्यान्डका भूउपग्रह बोकेर अन्तरिक्षतर्फ उक्त रकेट प्रक्षेपण गरिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
प्रक्षेपण लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक गरिएको सफल प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन् । अघिल्लो वर्ष प्रक्षेपण गरिएको पीएसएलवी–सी ३९ नामक रकेट अन्तरिक्षमा पुग्न असफल भएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्