म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम, आर्सनल पनि पराजित • Image Khabar Image Khabar


म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम, आर्सनल पनि पराजित


Imagekhabar
१ माघ २०७४, सोमबार ०७:१३

म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम, आर्सनल पनि पराजित

गएराति भएको खेलमा लिग लिडर म्यान्चेस्टर सिटीलाई लिभरपुलले ४–३ ले हराएको हो । लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन अक्सलेड चेम्बरलीन, रोबर्टो फर्मिनो, सादियो माने र मोहोमद सालाहले एक–एक गोल गरे ।

म्यान्चेस्टर सिटीका लेरोए साने, बर्नार्डो सिल्भा र ईके गुन्डोगानले एक–एक गोल गरेका थिए । हारसँगै म्यान्चेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनललाई बर्नमाउथले हराएको छ । बर्नमाउथको मैदानमा भएको खेलमा पाहुना टोली आर्सनलका हेक्टर बेलेरीनले पहिलो गोल गरे । तर घरेलु टोली बर्नमाउथका क्यालम विल्सन र जोर्डन आईबले एक–एक गोल गरेपछि आर्सनल पराजित भएको हो ।

गएरातिका खेलपछि प्रिमियर लिग फुटबलमा २३ खेलबाट ६२ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । दोस्रो, तेस्रो र चौथो स्थानका म्यान्चेस्टर युनाईटेड, लिभरपुल र चेल्सीको समान ४७ अंक छ । ४४ अंकसहित टोटनह्याम पाँचौ स्थानमा छ भने ३९ अंक जोडेको आर्सनल छैटौं स्थानमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्