
स्पानिस ला लिगामा गएराति रियल सोसिडाडलाई ४–२ ले हराउने क्रममा एक गोल गरेका मेसीले युरोपको टप फाइभ लिगमध्ये एउटै क्लबका लागि लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन् ।
सोसिडाडविरुद्ध गोल गरेसँगै उनले बार्साका लागि लिगमा गोल संख्या ३६६ पुर्याएका छन् । यसका लागि उनले वायर्न म्युनिखबाट खेल्दै ३ सय ६५ गोल गरेका जर्मन गर्ड मुलरका कीर्तिमान तोडेका हुन् ।
मेसीले आफ्नो ४ सयौँ लिग खेलमा मुलरको कीर्तिमानी बराबरी गरेका थिए । मुलरले ३९ वर्षअघि राखेको कीर्तिमान तोड्दै मेसीले आफ्नो नाममा लेखाएका हुन् ।
डेढ दशकदेखि नोउक्याम्पमा खेलिरहेका मेसीले अहिलेसम्म बार्सिलोनाका लागि ६११ खेलमा ५३० गोल गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्