२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नुवाकोटमा गोरु जुधाएर गरियो यस्तो रमाइलो(हेर्नुहोस भिडियो)


0
Shares

माघेसंक्रान्तिमा गोरु जुधाउने चलन नुवाकोट धादिङतिर वर्षौदेखि चलि आएकामा पछिल्लो समय हराउँदै गएको गोरु जुधाउने चलनलाई २०६२ सालदेखि तारुकाका व्यवस्थित रुपमा जुधाउन थालेपछि अहिले यसको प्रचार व्यापक भएको छ ।

यो वर्ष पनि नुवाकोटको तीन स्थान गोरु जुधाईलाई सफलरुपमा सञ्चालन भएको छ ।

तारकेश्वर गाउँपालिका– ३ तारुकामा २० हल र विदुर नगरपालिका–१० बेत्रावतीमा १० हल र पञ्चकनयामा ५ हला गोरु जुधाइएको छ ।

तारुकामा माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्था र बेत्रावतीमा गोसाईकुण्ड युवा क्लबको आयोजनामा मेला सञ्चालन हुने गरेको हो । दुबैस्थानमा नेपाल पर्यटन बोर्डसमेत प्रबद्र्धनको लागि सहयोग गरेको छ ।

मेलामा विजेता गोरु धनीलाई ५ हजार नगद र प्रमाणपत्र तथा उपविजेतालाई ३ हजार पुरस्कार प्रदान गरिएको थियो ।

तारुकाको विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्परालाई २०६२ सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो ।

यस्तै, नुवाकोटको विदुर नगरपालिका वडा नं. १० बेत्रावतीमा १० हल गोरु जुधाइएको आयोजक गोसाईकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए ।

बेत्रावतीमा विजेता गोरुको धनीलाई ३ हजार र उपविजेता गोरुको धनीलाई २ हजार ५ सय प्रदान गरिएको थियो ।

यो वर्ष पनि तारुमा हजारौं दर्शकहरुले गोरु जुधाएको मनोरन्जन लिन पुगे । तारुकामा २० हल गोरु जुधाइएको थियो ।

तारुकाको गोरु जुधाई हेर्न एमाले महासचिव ईश्वर पोखरेल, एमाले केन्द्रीय सदस्य सूर्य थापा लगायत पनि पुगेका थिए ।

महासचिव पोखरेलले परम्परालाई जोगाई राख्ने हो भने यो मेलालाई व्यवस्थित र सुरक्षित गराउन ध्यान दिनु पर्ने बताए ।

पञ्चकन्या गाउपालिकाको घलेभञ्याङ्मा भएको गोरु जुधाईमा बिष्णु लामिछाने भद्रुटार र बेलबहादुर थापा पञ्चकन्याको गोरु पहिलो, राजकुमार थापा भद्रुटार दोस्रो ,तेजबहादर थापा पञ्चकन्या तेस्रो भएको छ ।

पहिलोलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको थियो ।

जिल्लाको अन्य स्थानमा एक पटक जुधाएर हालजीत भएपछि फेरी दोस्रो चरणमा जुधाउने चलन छैन ।

तर पञ्चकन्यामा जित्ने जित्नेलाई फेरि जुधाएर पहिलो, दोस्रो र तेस्रो घोषणा गरिएको थियो ।

(हेर्नुहोस भिडियो)