
भैरबस्थान प्रहरी चौकीले २२ वटा घोडा र घोडा चोर्ने व्यक्ति नियन्त्रणमा लिएको जनाएको छ ।
कैलालीको बलियाबाट अछामतर्फ ल्याउँदै गर्ने हुम्लाको अलानचुलि गाउँपालिका ४ का धर्मराज संज्याललाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
संज्यालले कैलालीको सुगरखाल हुँदै ल्याउन लागेका साना ठूला २२ वटा घोडा भैरवस्थानमा राखिएको छ ।
घोडा नियन्त्रणपछि संज्यालाई सोधपुछ गर्दा चोरी गरेर ल्याएको पुष्टि भएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
घोडा मालिकलाई पत्ता लगाएर सम्बन्धित घोडा मालिकहरुलाई बोलाई २२ वटै घोडा र्फिता गरिने प्रहरी प्रमुख न्यौपानेले जानकारी दिए ।
घोडा चोरी गर्ने व्यक्ति र घोडा सहित अछाम भैरबस्थान प्रहरी चौकीबाट प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय लम्की कैलालीलाई बुझाउने तयारी भैरहेको अछामका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्