२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मेयरकप क्रिकेट प्रतियोगिता भोलिदेखि, सबै तयारी पुरा


0
Shares

प्रतियोगिताको बुधबार बिहान १० बजे एक औपचारिक कार्यक्रमकाबीच उदघाटन गरिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्त रुपमा प्रतियोगिता उदघाटन गर्ने कार्यक्रम रहेको मेयर कप क्रिकेट प्रतियोगिताका सल्लाहकार तेजप्रकाश भट्टले जानकारी दिए ।

प्रतियोगिताको उदघाटन खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर २ देहीमाडौं र वडा नम्बर ११ नागार्जुनबीच हुने भएको छ । उदघाटन खेल मध्यान्ह साढे १२ बजेपछि सुरु हुने जनाईएको छ ।

दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । दशरथचन्द नगरपालिका–१० स्थित बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिता टि ट्वान्टी फरम्याटमा हुने जनाईएको छ ।

माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद, ट्रफी र प्रमाणपत्र, द्वितीय पुरस्कार ३० हजार नगद, र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ ।

मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।