१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रदेश सभा सदस्यमा निर्वाचित दीपक मनाङ्गेलाई पाँच वर्ष जेल


0
Shares

न्यायाधीशद्वय दिपकराज जोशी र पुरुशोत्तम भण्डारीको संयुक्त इजलाशले मंगलबार मनाङ्गेलाई ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा ५ वर्ष जेल सजायको फैसला गरेको हो ।

सर्वोच्चको फैसलासँगै मनाङ्गेको सांसद पद स्वतः निलम्बनमा परेको छ । गत मंसिर १० सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मनाङ्गे प्रदेश सभामा विजयी भएका थिए ।

२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६१ सालमा चक्रे मिलन लगायतमाथि भएको सांघातिक आक्रमणमा मनाङेलाई ५ वर्ष कैद सजाय हुने ठहर गरेकोमा सर्वोच्चले आज सो फैसलालाई सदर गरेको हो ।