
इन्डोनेसियाको सुमात्रा निवासी १८ बर्षिय एक युवाले नक्कली आइडी मार्फत राष्ट्रपति जाको विडोडोलाई गाली गलौज गरेको पाइएपछि उनलाई पक्राउ गरी जेल सजाय सुनाइएको हो ।
उनले फेसबुकमार्फत आफूलाई हिम्मत भए पक्राउ गर्न सुरक्षाकर्मीलाई चुनौतीसमेत दिएका थिए ।
उनको पक्राउले सामाजिक सञ्जाल प्रयोग गर्नेहरु समेत सचेत भएका छन् । पक्राउका क्रममा ती युवाले आफ्नो गल्ती स्वीकार गर्दै सजाय भोग्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्