
अराकान राज्यको शासन पतन भएको स्मृतिमा कार्यक्रम गर्न करिब ४ हजार आदिवासी बौद्ध धर्मावलम्बीहरु त्यहाँ जम्मा भएका थिए ।
सोक्रममा धेरै प्रदर्शनकारी घाइते भएका छन् । मराउके यू अराकनको ऐतिहासिक राजधानी हो ।
प्रत्येक वर्ष स्थानीय रखाइनवासीले २०० वर्षअघि बर्मेली सेनाले तत्कालीन उक्त राज्यमा विजय हासिल गरेको मौका पारी स्मृति कार्यक्रम गर्ने गर्छन् ।
तर, यस वर्ष स्थानीय प्रशासनले कार्यक्रम आयोजना गर्न प्रतिबन्ध लगाएको थियो ।
म्यानमार विभिन्न आदिवासी समूह बसोबास गर्ने मुलुकमा पर्छ । यस्ता केही समूह सरकारसँग सशस्त्र संघर्षमा उत्रिएका छन् ।
रखाइन प्रान्तमा रोहिंग्या र सेनाबीचको संघर्षका कारण ६ लाख ५० हजारभन्दा बढी रोहिंग्या बंगलादेश पलायन भएका छन् ।
मंगलबार (हिजो)मात्र लागि बंगलादेश र म्यानमारबीच रोहिंग्या मुस्लिम शरणार्थी म्यानमार फर्काउने समय तालिकामा सहमति भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्