२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बैतडीमा मेयरकप क्रिकेटको उद्घाटन खेलमा नागार्जुन विजयी


0
Shares

प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर–२ देहिमाडौंलाई ८० रनले हराउँदै दशरथचन्द नगरपालिकाको वडा नम्बर–११ नागार्जुन विजयी भएको छ ।

बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा टस जितेर पहिले ब्याटिङ गरेकोे नागार्जुनले निर्धारित् २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

नागार्जुनका लागि कप्तान राम चन्दले सर्वाधिक ३७ रन जोडे । देहिमाडौंका ऋषिकेश बोहराले ह्याट्रिकसहित ४ विकेट लिए ।

१६२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको देहिमाडौं १६.४ ओभरमा मात्र ८१ रनमा समेटियो ।

देहिमाडौंका ऋषिकेश बोहराले १५ रन जोडे । बलिङतर्फ नागार्जुनका मदन चन्दले ३ विकेट लिए ।

नागार्जुनका कप्तान राम चन्द खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

दशरथचन्द नगरपालिकाको आयोजना, बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सन्चालन भएको हो ।

ट्वेन्टी–२० ढाँचामा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

माघ १० गतेसम्म सन्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ ओटै वडाका ११ टिमको सहभागिता रहेको छ ।