Logo २६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026


चोरी भएका गहनासहित चार पक्राउ


0
Shares

करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवासी शत्रुधन साह सुनार, वडा नम्बर–४ महेश यादव रहेको प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।

उनीहरुको साथबाट काँडाबाला हसुली दुईथान, काँडावाला चुरी दुईथान, काँडावाला चुरा दुईथान, बच्चाले लगाउने काँडाबाल चुरी आठथान, बच्चाले लगाउने सादा चुरा १२ थान, महिलाले लगाउने पञ्चक पाँचथान, विभिन्न नमुना र आकारका बाला सातथान, पायल १६ थान र २० थान दुईहारे सिक्री बरामद गरिएको छ ।

यसैगरी, पाउजु ५१ थान, ब्रासलेट १२ थान, सिक्री ४५ थान, चुरी ठूलो एक सानो दुईथान, काटिएको बेरुवा एकथान, औंठी ४९ थान, बिच्छी ४२ थान, चकती १७ थान, गणेश भगवान्को मूर्ति एकथान, सिन्दूर क्याप एकथानलगायतका सिक्का तथा सुनचाँदी तौल गर्ने औजारसमेत बरामद गरिएको छ ।

त्यस्तै, चोरी भएको रकमबाट खरिद गरिएको ना४९प १९०७ नम्बरको टीभीएस मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका चारैजनामाथि अनुसन्धान भइरहेको जनाइएको छ । रासस