
बिहीबार बिहान सम्पन्न खेलमा बार्सिलोनालाई स्पानुयलले १–० ले स्तब्ध पारेको हो ।
स्पानुयलको मैदानमा भएको खेलमा लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेपछि बार्सिलोनाले अग्रता लिने अवसर गुमाएको थियो ।
८८औं मिनेटमा घरेलु टोलीका लागि ओस्कार मेलेन्डोले निर्णायक गोल गर्दै स्पानुयललाई जित दिलाए ।
यस्तै, अर्को उपाधि दाबेदार टोली एथ्लेटिको मड्रिड पनि क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड सेभियासँग २–१ ले पराजित भएको हो ।
पाहुना टोलीलाई जिताउन जेसस नाभास र जोयक्विन कोर्रेयाले १–१ गोल गरे । एथ्लेटिको मड्रिडका लागि डिएगो कोस्टाले १ गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
प्रतिक्रिया दिनुहोस्