
काठमाडौं, मंसिर २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत् प्रहरी हवल्दार सुदामा हजराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पान मसलाजन्य पदार्थको व्यवसाय सन्चालन गर्न सहज गराइदिने बहानामा प्रहरी हवल्दार हजराले रु एक लाख घुस लिँदालिँदै आयोगको टोलीले केही दिनपहिले पक्राउ गरेको थियो ।
आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्