१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


खलंगा मेयरकप क्रिकेटको सेमिफाइनलमा


0
Shares

शनिबार बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा भएको खेलमा वडा नम्बर–१० बाराकोटलाई २ विकेटले हराउँदै खलंगाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बाराकोटले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११३ रन जोडेको थियो । डम्बर बुडालले सर्वाधिक १६ रन बनाए ।

खलंगाका लागि मोहित भण्डारी, प्रदीप चन्द र सुरज बोहराले समान २/२ विकेट लिए ।

जवाफमा ११४ रनको विजयी लक्ष्य खलंगाले १९.२ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्‍यो ।

खलंगाका राजु भाटले सर्वाधिक २५ रन जोडे । उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

माघ १० गतेसम्म सन्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ ओटै वडाका ११ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।