२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


महरा नरम !


0
Shares

शनिबार दाङको लमहीमा प्रदेश नम्बर–५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्ष समितिले थालेको बृहत् सभालाई सम्बोधन गर्दै उनले आन्दोलनको स्वरुप भने परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने–‘निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहन्छ । तर, यसको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यक छ । बन्द नगरेर विरोधसभा, ज्ञापनपत्र बुझाउने, कोणसभा गर्ने र निरन्तर दबाब दिनुपर्छ ।’

राष्ट्रियसभाको निर्वाचन दाङमा नै तोकिएको र सो निर्वाचनलाई लक्षित गरी आन्दोलनको स्वरुप परिवर्तन हुनुपर्ने र ५ नम्बर प्रदेशका सभा सदस्यलाई स्वागत गर्नुपर्ने उनको भनाइ छ ।

नेता महरा काठमाडौंबाट हवाईजहाज चढेर नेपालगन्जसम्म आएपनि बाक्लो हुस्सुका कारण जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौं पुगी हेलिकोप्टरबाट दाङ आएका थिए ।

लगातार पाँच दिनदेखिको बन्दका कारण दाङको जनजीवन प्रभावित बनेको छ । रासस