२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आर्मीको वर्चश्व


0
Shares

शनिबार भएको फाइनलमा रत्नले सशस्त्र प्रहरी बलका दिपेश धामीलाई १९–२१, २१–६ र २१–१२ ले पाखा लगाएका हुन् ।

महिला एकलतर्फ पनि आर्मीकै नङ्शलदेवी तामाङले उपाधि जितिन् । उनले सशस्त्र प्रहरीकै शिक्षा श्रेष्ठलाई २१–१३ र २१–१४ को सोझो सेटमा हराइन् । विजेता आर्मीका तामाङद्वय दिदीभाइ हुन् ।

त्यसैगरी, पुरुष जोडीतर्फ आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठले सशस्त्रका दिपेश धामी र विजित थापामगरलाई पराजित गरे ।

रत्न र नवीनको जोडीले दिपेश र विजितको जोडीलाई २१–१९ र २१–१४ को सोझो सेटले पराजित गरेका हुन् ।

महिला जोडीतर्फ पनि आर्मीकै नङ्शलदेवी तामाङ र अनुमाया राईको जोडीले उपाधि जिते ।

नङ्शल र अनुमायाको जोडीले फाइनलमा सशस्त्र प्रहरीका पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटले पराजित गरे ।

त्यसैगरी, मिक्स जोडीतर्फ पनि उपाधि आर्मीकै रत्नजित तामाङ र नङ्शलदेवी तामाङको जोडीले सशस्त्रका विजित थापामगर र शोभा गौचनको जोडीलाई पाखा लगायो ।

सशस्त्रले टिम इभेन्ट्स पुरुषतर्फ उपाधि जित्यो भने टिम इभेन्ट्स महिलातर्फ आर्मीले उपाधि चुम्यो ।

विजेता खेलाडीहरुलाई कन्चनपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित डा. दीपकप्रकाश भट्टले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा ५ विकास क्षेत्र र ३ विभागीय टिमले प्रतिस्पर्धा गरेका थिए ।