२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


काबुलको होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त, दुईको मृत्यु, पाँच जना घाइते


0
Shares

होटलमा प्रवेश गरेका बन्दुकधारीले आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीको कारबाहीमा उनीहरुको मृत्यु भएको हो ।

घटनामा पाँच जना घाइते भएका छन् । होटलमा प्रवेश गरेका ती बन्दुकधारीले पाहुनामाथि अन्धाधुन्ध गोली प्रहार गर्दा भिडन्त भएको हो ।

घटनापछि होटल खाली गराइएको छ भने होटल वरिपरिको सुरक्षा ब्यबस्था कडा बनाइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

सोही होटलमा सन् २०११ मा तालीवानी बिद्रोहीले आक्रमण गरी २१ जना पर्यटकको ज्यान लिएका थिए । (एजेन्सी)