Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


मेयर/उपमेयरको विदेश भ्रमण मोहः कति जना गए विदेश भ्रमणमा ?


0
Shares

स्थानीय तह निर्वाचनपछि करिब तीन दर्जन मेयर, उपमेयरले विदेश भ्रमण गरिसकेका छन् भने केही भ्रमण गर्ने प्रक्रियामा छन् ।

स्थानीय विकास मन्त्रालयको रेकर्डमा स्थानीय निर्वाचनपछि १९ मेयर, उपमेयरले मन्त्रालयसँग सहमति लिएर विदेश भ्रमण गरिसकेका छन् भने करिब १० मेयर, यपमेयरले मन्त्रालयसँग सहमति नलिएरै आफूखुशी विदेश भ्रमण गरेको अनुमान मन्त्रालयका कर्मचारीले गरेका छन् ।

निजी र पारिवारिक भ्रमणबाहेक अन्य किसिमका विदेश भ्रमण गर्नुपर्दा भ्रमणअघि स्थानीय विकास मन्त्रालयसँग सहमति लिन मन्त्रालयले सबै सथानीय तहमा परिपत्र पठाएको छ ।

विदेश भ्रमण गर्न जानेमध्ये महानगरपालिका तथा उपमहानगरपालिकाका मेयर, उपमेयर बढी छन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन तीनपटक विदेश भ्रमण (जापान, थाइल्यान्ड, दक्षिण कोरिया) गइसकेका छन् । –नागरिक दैनिकबाट