
पाकिस्तानको शारजहाँमा भएको खेलमा पाकिस्तानले दिएको ३ सय ९ रनको लक्ष्य भारतले ३८ दशमलव २ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ४० ओभरमा ८ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो ।
खेलमा भारतका लागि सुनील रमेशले सर्वाधिक ९३ रनको योगफल दिएका थिए भने पाकिस्तानका लागि कप्तान अजय रेड्डीले ६३ रनको योगदान दिएका थिए ।
पाकिस्तान र युएईले संयुक्त रुपले आयोजना गरेको पाँचौँ एकदिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा भारतले दोस्रो पटक उपाधी चुमेको हो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय टीमलाई बधाई दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्