
आइतबार इटहरी रंगशालामा भएको खेलमा मनाङले झापा–११ लाई ४–३ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
मनाङको जितमा सुजल श्रेष्ठले खेलको ५औं, ११औं र १९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । सुजल खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
खेलको ७७औं मिनेटमा मनाङका लागि विशाल राईले अर्को एक गोल थपे ।
झापाका तर्फबाट कर्ण लिम्बूले खेलको १९औं र ७९औं मिनेटमा गरी दुई गोल गरे । खेलको ६८औं मिनेटमा मनाङका बिमल बस्नेतले एक आत्मघाती गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत् सोमबार त्रिभुवन आर्मी क्लब र भुटानको ड्रुक युनाइडेट एफसीबीच खेल हुने आयोजकले जनाएको छ ।
भारत र भुटानका एक/एक टिमसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुस्कार पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्