२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वसन्त पौडेलको हत्याका दुई अभियुक्त समातिए


0
Shares

जिल्ला प्रहरी कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाहरुमा नवलपरासी, सुनवल–७, अस्नौयाका ३६ वर्षीय पदम चौधरी र नवलपरासी डुमरहा–५ का ‘महेन्द्र’ भनिने महिनारायण चौधरी रहेका छन् ।

घटनाका योजनाकार पुन र ‘सुटर’ थर नखुलेका विवेक नाम गरेका व्यक्ति भने अझै फरार रहेका छन् ।

पदम र महेन्द्रले हतियार र मोटरसाइकल व्यवस्थापनसहित सुराकी गर्ने काम गरेको प्रहरीले जनाएको छ । त्यसबापत उनीहरुले हुन्डीबाट २ लाख ३० हजार रुपैयाँ लिएकोसमेत खुलेको छ ।

उनीहरुको साथबाट लु४प १४ नम्बरको मोटरसाइकल, ९ एमएमको एउटा इटालियन पेस्तोल, दुईओटा कटुवा पेस्तोल र नगद ९९ हजार रुपैयाँ बरामद भएको पनि प्रहरीले जनाएको छ ।

गत पुस २१ गते पौडेलको गोली हानी हत्या गरिएको थियो ।