
बन्दुकधारीको आक्रमण र होटललाई कब्जा मुक्त गर्ने प्रयासका क्रममा भएको कारबाहीमा १४ जना पर्यटकको मृत्यु भएको छ ।
अफगानिस्तानका गृहमन्त्रीले १४ जना विदेशी महिलासहित चार नागरिक र तीन जना बन्दुकधारीको मृत्यु भएको जानकारी दिएका छन् ।
घटनामा केही व्यक्ति घाइतेसमेत भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
होटलबाट अफगानिस्तानी सेनाले १ सय ६० जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकालेको छ ।
होटललाई आफ्नो नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई रातभर लागेको थियो ।
होटल नियन्त्रणमा लिइसकेको घोषणा गरिएपछि पनि गोली चलेको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सोही होटलमा सन् २०११ मा तालिवान बिद्रोहीले आक्रमण गरी २१ जना पर्यटकको ज्यान लिएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्