३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


इन्डोनेसियामा मंगलबार शक्तिशाली भूकम्प


0
Shares

मंगलबार बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन ।

यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन् । जाकार्ताका सरकारी कार्यालय भवनहरु पनि मंगलबार खाली रहेका बताइएको छ ।

भूकम्पबाट मानवीय तथा भौतिक सम्पत्ति क्षतिको भने कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु जाभा द्वीपको बानटेन प्रान्तबाट ८१ किलोमिटर दक्षिण–पश्चिममा १० किलामिटर गहिराइमा रहेको इन्डोनेसियाली भूगर्भ विभागले जानकारी दिएको छ ।

इन्डोनेसिया विश्वको अन्य भूगोलको तुलनामा भूकम्पको प्रकोपले बारम्बार सताउने देशमा पर्छ । रासस/एएफपी