२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


गौचनको हत्यामा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश


0
Shares

न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले मंगलबार थुनछेक बहसपछि गौचनको हत्यामा संलग्न ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र दुई जनालाई धरौटी छाड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए ।

अदालतले गौचनको हत्याका मुख्य नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न राजीव स्याङ्तान, शिवजी महतो कमकर, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे, धनराज योङहाङ र सूर्यबहादुर बाजीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतले राजकुमार साह रौनियार र श्याम गुप्तालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको संगठित अपराधमाथिको बहसपछि अदालतले सो आदेश दिएको हो ।

गौचनको गत असोज २३ गते काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो । रासस