२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ


0
Shares

नेपालका बिभिन्न भागबाट भारत उक्त प्रदेशको गोरखपुर, कुशिनगर तथा बनारसमा स्थापना भएका नेटवर्किङ व्यवसायमा जागिर लगाईदिने भन्दै नेपाली युवा युवतीबाट पैसा असुल्ने तीनवटा कम्पनीमा काम गर्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले ड्रिम डेभलपर्स ट्रडमार्ट प्राली गोरखपुर, विन विन ट्रडमार्ट प्राली वनारस, फुल्टन ट्रडमार्ट प्राली कुसिनगरमा जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाउँदै नेपाली युवा युवतीबाट पैसा असुल्ने लमजुङको दोर्दा गाउपालिका ५ का दर्पण लामा, दाङ लमही ४ का कुशलराम चौधरी, धादिङ रोलाङ ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक खानी खोला गाउपालिका ३ का चन्दित सिंह तथा बारा नीजगढ १२ का दावा लामालाई पक्राउ गरेको हो ।

प्रहरी प्रवत्ता डिल्ली नारायण पाण्डेले उनीहरु माथि संगठित ठगी मुद्धा दायर गरेको बताए ।

उनले गाँउका सीधा सादा व्यक्तिाई एजेण्ट मार्फत सम्पर्क गराई भारतमा सञ्चालित नेटवर्किङ कम्पनीमा तालिम दिने, रोजगारी दिने त्यसका लागि सुरुमा ८ हजार ३ लाखसम्म लगानी गर्न लगाएको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८० जना जायर गरेको निवेदनमा उनीहरुले आफुहरुबाट लाखौ रुपैंयाँ लगेको उनले बताए । प्रहरीले उनीहरुमाथि एक करोड ५२ लाख रुपैया विगो माग गरेको छ ।