२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


२१ किलो चरेससहित युवक पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालयको टोलीले दुर्गाथली गाउँपालिका–६ का ३० वर्षीय कलक जाग्रीलाई २१ किलो ८०० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको हो ।

जाग्रीलाई गोप्य सूचनाका आधारमा मंगलबार साँझ बगाडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङकाअनुसार पक्राउ परेका जाग्री भरियामात्र हुन् । मुख्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बझाङबाट गत भदौ २५ गतेदेखि हालसम्म ८० किलो ४०० ग्राम चरेस बरामद गरिसकेको छ ।