
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले रुस्लानको प्रमुख प्रायोजनमा आयोजना हुने प्रतियोगितामा विभिन्न ६ सहरका टोलीहरुले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
वैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौं गोल्डेन्स, सीवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।
पत्रकार सम्मेलनमा सहभागी टोलीहरुको रणनीतिक खेलाडीको नाम पनि सार्वजनिक गरिएको छ ।
जसअनुसार ज्ञानेन्द्र मल्ल काठमाडौंको, दीपेन्द्रसिंह ऐरी अत्तरियाको, विनोद भण्डारी महेन्द्रनगरको, सोमपाल कामी धनगढीको, शक्ति गौचन रुपन्देहीको र पारस खड्का विराटनगरको रणनीतिक खेलाडी रहेका छन् ।
गत वर्ष पहिलोपटक ‘अक्सन’मार्फत् खेलाडी छनोट गर्दै आयोजना गरिएको प्रतियोगितामा योपटक पुरस्कार राशी वृद्धि गरिने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।
पहिलो संस्करणको विजेताले १५ लाख रुपैयाँ प्राप्त गरेकोमा योपटक २५ लाख पाउनेछ । उपविजेताले १० लाख रुपैयाँ जित्नेछ । त्यसैगरी, तेस्रो हुनेले तीन लाख र चौथो हुनेले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले १० हजार तथा ‘म्यान अफ द सिरिज’ले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन् ।
प्रतियोगिताको अक्सनका लागि यसअघि नै खेलाडी दर्ता प्रक्रिया सुरु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्