३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


मुम्बईमा चार्टर्ड विमान आवासीय क्षेत्रमा खस्यो, पाँचजनाको मृत्यु


0
Shares

काठमाडौं, असार १४ । भारतको मुम्बईमा बिहीबार दिउँसो एक चार्टर गरिएको विमान दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चारजना विमानमा सवार र एकजना जमिनमा रहेका व्यक्ति परेका त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

विमान पूर्वी मुम्बईको आवासीय क्षेत्र घट्कोपारमा निर्माणाधीन भवनमा दुर्घटनाग्रस्त भएको हो ।

विमान अवतरण गर्न पाइलटले प्रयास गर्दैगर्दा दुर्घटना भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।

उक्त विमान उत्तर प्रदेश सरकारले सन् २०१४ मा एकजना व्यक्तिलाई बिक्री गरेको त्यहाँको प्रहरीको भनाइ छ । (एजेन्सी)