
मासुजन्य प्रयोजनका लागि मर्स्याङ्दी गाउँपालिका–९, बगैंचामा गाई काट्दै गरेको अवस्थामा ३३ वर्षीया दुर्गामान तामाङ र उनकी पत्नी २८ वर्षीया डिलमाया तामाङलाई प्रहरीले पक्रेको हो ।
गाई काटेर मासु छुट्याइरहेको बेला प्रहरीले उनीहरुको साथबाट बुधबार राति १० बजेतिर बन्चरो, चक्कु र बाल्टीसमेत बरामद गरेको जनाएको छ ।
घटनामा संलग्न सोही गाउँपालिका–३ का २० वर्षीय विजय तामाङ फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध प्रहरीले गौवध मुद्दा चलाएर थप अनुसन्धानका लागि बिहीबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्