२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘फागुनमा पार्टी एकता’


0
Shares

शनिबार गोरखामा सन्चारकर्मीसँग नेता श्रेष्ठले भने–‘सकेसम्म माघमा सरकार गठन गर्छौं । एमाले र माओवादी केन्द्रबीच फागुनमा पार्टी एकता भइसक्छ ।’

सकेसम्म सरकार गठन हुनुपूर्व नै पार्टी एकता गरिसक्ने गरी गृहकार्य गरिएको श्रेष्ठको भनाइ छ ।

वैचारिक, राजनीतिक लाइन के हुने ? संगठनात्मक नीति कस्तो बनाउने ? भन्नेबारे अहिले छलफल भइरहेको श्रेष्ठले बताए ।

पार्टी एकताबारे शंका नगर्न आग्रह गर्दै श्रेष्ठले भने–‘ढुक्क हुनोस्, पार्टी एकता हुन्छ, कसैले रोक्न सक्दैन ।’ रासस