सन्दिप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी, दिल्ली डेयरडेभिल्समा अनुबन्ध « Image Khabar


सन्दिप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी, दिल्ली डेयरडेभिल्समा अनुबन्ध



प्रतियोगिताका लागि हिजोदेखि जारी अक्सनमा १७ बर्षीय लामिछानेलाई दिल्ली डेयर डेभिल्सले आज न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको हो ।

दुई बर्षअघि बंगलादेशमा सम्पन्न अन्डर नाइन्टिन विश्वकप क्रिकेटमा सनसनीपूर्ण प्रदर्शन गरेपछि उदीयमान युवा खेलाडीको रुपमा विश्व क्रिकेट जगतमा सन्दिपको चर्चा भएको थियो ।

नेपाली राष्ट्रिय टोलीको समेत महत्वपूर्ण सदस्य रहेका लामिछानेलाई फ्रेन्चाइज टोलीहरुकै विशेष अनुरोधमा आइपिएलको अक्सनमा समावेश गरिएको थियो ।