
काठमाडौं जिल्ला भारोत्तोलन संघले उनीहरुलाई सम्मान गरेको हो । गुप्तलाई अग्रज ब्यक्तित्व सम्मान, राउतलाई लाईफ टाईम एचिभमेण्ट अवार्ड र प्रधानलाई प्रथम ओलम्पियन अवार्डले सम्मान गरिएको हो ।
तीनै सम्मानित महारथीहरुलाई काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल भारोत्तोलन संघका सदस्य विजेन्द्र विक्रम शाहले जिल्ला संघद्वारा आयोजना गरिएको बनभोज तथा सम्मान कार्यक्रमकाबीच कदरपत्र प्रदान गरेका थिए ।
‘भारोत्तोलन खेलको विकासका लागि स्थापनका कालदेखि नै खेलाडी, प्रशिक्षक र कुशल ब्यवस्थापक भई राष्ट्रिय, एशियन तथा अन्तराष्ट्रिय भारोत्तोलन महासंघको विभिन्न पदमा रहि सुमधुर सम्वन्ध स्थापना गर्नुका साथै नेपालमा भारोत्तोलन खेलको विकासमा पु¥याउनु भएको अतुलनीय योगदाको कदर गर्दै नेपाल भारोत्तोलन खेलको अग्रज ब्यक्तित्व सम्मान प्रदान गरिएको छ’ संघका महासचिव गुप्तलाई प्रदान गरिएको कदरपत्रमा लेखिएको छ ।
यस्तै अर्का सम्मानित व्यक्तित्व सविच राउतलाई खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकका रुपमा नेपालमा भारोत्तोलनको विकास र विस्तारमा पुर्याएको योगदानको करदर गर्दै लाईफ टाईम एचिभमेण्ट अवार्डबाट सम्मान गरिएको हो ।
यस्तै ओलम्पियन प्रधानलाई नेपाल भारोत्तोलन खेलको प्रथम ओलम्पियन बन्ने सौभाग्य प्राप्त गरी नेपालमा भारोत्तोलन खेलको विकास र विस्तारमा निरन्तर पुर्याएको योगदानको कदर गर्दै प्रथम भारोत्तोलन ओलम्पियन सम्मान प्रदान गरिएको हो ।
सो अवसरमा बोल्दै महासचिव गुप्तले काठमाडौं जिल्ला भारोत्तोलन संघले गरेका सम्मानले आफुलाई भारोत्तोलन खेलमा बिताएको समय र नेतृत्वको सार्थकता भएको पुष्टि गरेको बताए । उनले आफ्नो परिवारबाट सम्मानित हुनु भनेको आफुले गरेको कामको सहि मुल्यांकन भएको बताए ।
सोही अवसरमा काठमाडौं जिल्ला भारोत्तोलन संघले अन्तरक्लब भारोत्तोलन प्रतियोगिता चैत्र महिनामा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्