१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व सम्बन्धी भागवण्डा मिल्यो


0
Shares

एमाले संसदीय दलको कार्यालय सिंहदवारमा आज बसेको कार्यदलको बैठकले गरेको सहमतिअनुसार बाम गठबन्धनले सरकार गठन गर्ने ६ वटा प्रदेश मध्ये ४ वटामा एमाले र २ वटामा माओवादीले नेतृत्व गर्नेछन् ।

जसअनुसार एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा सरकारको नेतृत्व गर्ने छ भने माओवादीले प्रदेश नम्बर ६ र ७ मा प्रदेश सरकारको नेतृत्व गर्नेछ । यस्तै प्रदेश नम्बर १, ३, ६ र ७ मा एमालेले सभामुख लिने छ भने ४ र ५ मा माओवादीले सभामुख लिने छ । त्यस्तै उपसभामुखमा भने एमालेको प्रदेश नं ४ र ५ र माओवादीले प्रदेश नं १, ३, ६ र ७ मा उपसभामुख लिने सहमति पनि भएको छ ।

त्यसैगरी बाम गठबन्धनले प्रदेश सरकारमा एमालेले ७० प्रतिशत र माओवादीले ३० प्रतिशत मन्त्रीहरु लिने सहमति पनि गरेको छ भने प्रदेश सरकारमा बढीमा ११ को मन्त्रिमण्डल बनाउने सहमति भएको पनि रहेको कार्यदलका संयोजक सुवास नेम्वाङले जानकारी दिए ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज दिउँसो भएको छलफलपछि कार्यदल प्रदेश सरकारको भागण्डामा टुंगोमा पुगेको हो ।