३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक ब्यक्ति घाइते


0
Shares

अज्ञात समूहको गोली प्रहारबाट घाईते भएका शमिउल्लाहको जिल्ला अस्पताल गौरमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

बैरिया र भगवानपुरको बीचमा पर्ने लालबकैया नदीको बगरमा उनलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गत माघ नौ गते सोही स्थानका ८ बर्षिय वालक मफजुल देवानको धारिलो हतियारबाट हत्या गरिएको थियो ।

एक साताभित्रैको दुई घटनाले त्यस क्षेत्रको स्थानीय आतंकित बनेका छन् । प्रहरीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै स्थानीयले आलोचना गरेका छन् ।

बालक हत्यामा निर्दोषलाई पक्राउ गरेको भन्दै हिजो जिल्ला प्रहरी कार्यालय रौतहटमा विरोध प्रर्दशन समेत भएको थियो ।