२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सर्वसम्मत् नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने एमालेको निर्णय


0
Shares

मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउनेसमेत निर्णय गरेको छ ।

प्रदेशसभाहरुको पहिलो बैठकले आफ्नो कार्यविधि तय गरेपछि दलको नेता चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ ।

यस्तै, बैठकले राष्ट्रियसभा निर्वाचनको मतदान विधिबारे आफ्नो पक्षका राष्ट्रियसभा निर्वाचकमन्डलका सदस्यहरुलाई तालिम तथा प्रशिक्षण दिने निर्णय गरेको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।

बैठकले वर्तमान कामचलाउ सरकारले दीर्घकालीन असर पर्ने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै त्यस्ता निर्णयप्रति आगामी सरकार जिम्मेवार नहुने स्पस्ट पारेको छ ।

वाम गठबन्धनको भागबन्डाअनुसार प्रदेश नम्बर–१, ३, ४ र ५ मा एमाले प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन् ।